कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका कार्कीले बुधबार विश्वासको मत लिने भएका हुन्  ।

 

नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लागेका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने निर्णय लिइसकेको छ । यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३०औं दिनसम्म पुग्ने गरेको थियो । तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन् ।

 

कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार दिएका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ। कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो ।

 

कार्कीले एमालेलाई समेत सरकारमा सहभागी बनाएपछि सशंकित देखिएको कांग्रेसको सस्थापन पक्ष पहिलो चरणमा सरकार सुरक्षित गर्ने र दोस्रो चरणमा एमालेलाई सरकारबाहिर गर्ने रणनीतिमा देखिएको छ । सोहीअनुसार विश्वासको मत दिएर सरकारलाई गठबन्धनको अपनत्व दिने गरी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल थालेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.