स्वास्थ्य बिमा बोर्डका विज्ञसहितले दिए सामूहिक राजीनामा
काठमाडौं । स्वास्थ्य बिमा बोर्डका विज्ञ सदस्यसहित पाँच जनाले सामूहिक राजीनामा दिएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियम विपरीत स्वायत्त निकाय स्वास्थ्य बिमा बोर्डमा हस्तक्षेप गरेको भन्दै बोर्डका विज्ञ सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले मंगलबार सामूहिक राजीनामा दिएका हुन् ।
बोर्डमा ९ महिनादेखि रिक्त अध्यक्ष पदपूर्ति, मन्त्रालयमा विचाराधीन स्थायी दरबन्दी संरचना स्वीकृतिलगायत बिमालाई थप प्रभावकारी बनाउन कदम चाल्नुको सट्टा स्वास्थ्य बिमा ऐन २०७४ को उल्लंघन गरी निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको उनीहरूको आरोप छ । असोज २४ मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...