मापदण्ड भन्दा बाहिर रहेर बिक्री वितरण गर्दै आयल स्टोर
काठमाडौं । काठमाडौं उपत्यकाका आयल स्टोरहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले आयल स्टोरहरुको अनुगमन गरेको हो ।
दशैं तिहार लक्षित अनुगमन अन्तर्गत काठमाडौंका विभिन्न आयल स्टोरहरूमा अनुगमन गरिएको छ । अनुगमनकै क्रममा तीनकुने स्थित गैरी गाउँको भ्याली बाबा सप्लायर्समा पनि अनुगमन गरिएको छ । उक्त आयल स्टोरमा अनुगमन गर्दा मापदण्ड अनुसारको पेट्रोलियम पदार्थ बिक्रि वितरण नगरिएको ठहर गर्दै अनुगमन टोलीले सिल गरेको छ । अनुगमनको क्रममा त्यस आयल स्टोरमा ५ लिटर मापन गर्दा २० एम्एल मात्रा कम देखिएपछि मापदण्ड भन्दा बाहिर भएकाले सिल गरिएको गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक तथा सूचना अधिकारी नीराजन पुडासैनीले बताए ।
त्यसै गरी प्रधानमन्त्रीका निजी सचिवलयका विनोद न्यौपानेले चाड पर्वको समयमा आम उपभोताको गुनासो बढेपछि प्रधानमन्त्रीको निर्देशनमा विभिन्न आयल स्टोरको अनुगमन गरेको बताए । उनले चेकजाँच गर्दा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरिएको समेत बताए । त्यसै गरी नेपाल आयल निगम गुणस्तर विभागकी निर्देशक बिनी श्रेष्ठले यसअघि अन्य आयल स्टोरको समेत अनुगमन गर्दा मापदण्ड अनुसार चलेको पाइएको र गैरी गाउँको भ्याली बाबा सप्लायर्सले भने मापदण्ड भन्दा बाहिर भएकाले सिल गरिएको बताइन् ।
अनुगमन टोलीले यसअघि थ्रि बर्दर्स आयल स्टोरमा समेत अनुगमन गरेको थियो स्टोर भने मापदण्ड अनुसार चलेको पाइएको छ । अनुगमन टोलीले चाडपर्वको समयमा आम उपभोक्ता ठगिन सक्ने भन्दै काठमाडौंका विभिन्न आयल स्टोरको अनुगमनलाई तीव्रता दिने समेत बताएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...