दसैँका लागि मनाङ, मुस्ताङका साथै तिब्बतबाट भेडा च्याङ्ग्रा पोखरा निर्यात

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  हरेक वर्ष दशैको बेला  हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, रोल्पा, डोल्पाका साथै  तिब्बतबाट समेत पोखराको बजारमा भेडा च्याङ्ग्रा ल्याएर व्यवसायीले बेच्न गरेका छन् । यस वर्ष पनि पोखराको बजारमा  भेडा च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याइसकेका छन् ।

 

हिमाली भेकबाट ल्याइएका र जडीबुटी खाएका च्याङ्ग्राको मासु खाने चाहना सबैलाई भए पनि  च्याङ्ग्राको मासु अत्यधिक महँगो  भएका कारण सबै मानिसले चाहेर पनि च्याङ्ग्राको मासु खान सक्ने अवस्था छैन । पोखराको बजारमा च्याङ्ग्रा महँगो छ । च्याङ्ग्राको तुलनामा भेडा सस्तो भए पनि मानिसहरूको आँखा च्याङ्ग्रतिरनै गएको पाइन्छ  ।

 

हाल पोखराको बजारमा च्याङ्ग्राको मासु प्रतिकिलो २५ सय मा व्यवसायी ले बिक्री गरिरहेका छन् । खसीको मासुको  प्रति केजी १३ सय पर्दछ । खसिकोको तुलनामा च्याङ्ग्राको मासु झन्डै दोब्बर मूल्य पर्ने देखिन्छ । हिमाली भेकबाट र टाढाटाढावाट च्याङ्ग्रा पोखरामा लिएर आउँदा स्वाभाविक रूपमा लागत बढी पर्न जान्छ तर भेडा, च्याङ्ग्रा को  मूल्य निर्धारण नगरिएका कारण उपभोक्ता मारमा परेका छन् ।

 

 

पोखरा बजारमा नेपालको विभिन्न ठाँउवाट ल्याइएका भेडा च्याङ्ग्राको  दर रेट कहिल्यै  निश्चित  गरिँदैन भन्ने आम उपभोक्ताहरूको भनाई रहेको छ । अहिले एउटा च्याङ्ग्रा को मूल्य ५० हजार र भेडा ३५ हजार मा व्यवसायीले बिक्री गरिरहेका छन् च्याङ्ग्रा र भेडा किन्न पोखराको हेम्जा  सिम्पानि याम्दिर बगरमा भिड लागिरहेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.