कान्तिपुर मिडिया ग्रुपविरुद्ध थप आन्दोलन गर्ने पत्रकार महासंघको घोषणा
काठमाडौं । पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरुद्ध थप आन्दोलन शुरु गर्ने घोषणा गरेको छ ।
८२ श्रमजीवी पत्रकारलाई नियम विपरीत जबरजस्ती हटाएपछि दशैँको बिदापछि आन्दोलनलाई नागरिक समाज, नागरिक तह र अन्तर्राष्ट्रिय समुदायलाई जोड्दै आन्दोलन थप सशक्त र परिणाममुखी बनाउने घोषणा गरेको हो । कान्तिपुरले बलपूर्वक निष्कासन तथा गैरकानुनी रूपमा सरुवा गरेका पत्रकारको अधिकारप्राप्तिका लागि महासंघले भद्र आन्दोलन गर्दा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
महासंघले श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न सोसाइटीको ध्यानाकर्षण गरेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...