क्यानडाले भारतबाट फिर्ता बोलायो आफ्ना कूटनीतिज्ञ
काठमाडौं । क्यानडाले आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता गर्ने भएको छ । भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानाडाली कूटनीतिज्ञहरूलाई अनैतिकरूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले फिर्ता बोलाएको हो ।
यसरी कूटनीतिज्ञ हटाउनुलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ । क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको जुन १८ मा हत्या भएको थियो । सोहि हत्यापछि दुई देश बिचको सम्बन्ध बिग्रिएको हो । हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आरोप पछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।
क्यानडाले यो विवादलाई नतन्काउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने सबै देशको हकमा लागु हुने जनाएको छ । भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने समेत भनिएको छ । अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...