चाडपर्वको समय : के खाने र कसरी खाने भन्ने विशेष ध्यान दिनु जरुरी
काठमाडौं । यतिबेला दशैं/तिहार जस्ता ठूला चाडपर्वको समय छ । चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। अझ चाडपर्वको समयमा माछा मासु लगाएत परिकार बनाएर खाएर समेत रमाइलो गर्ने गरिन्छ । त्यसैले यो चाडपर्वको समयमा के खाने र कसरी खाने भन्ने विशेष ध्यान दिनु जरुरी हुन्छ ।
दशैं/तिहार अरु चाडपर्वको तुलनामा लामो हुन्छ । दशैंको सुरुवातदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने हुनाले घरमा पाहुनाको आवत–जावत हुने नै भयो । पाहुनालाई विभिन्न किसिमका परिकार बनाएर खुवाउने हाम्रो परम्परा समेत रहेको छ । जसमा माछा–मासुदेखि सेलरोटी, मिठाइसम्म सामेल हुन्छन् । सन्तुलित भोजनले ९० प्रतिशत औषधिको काम गर्ने चिकित्सकहरुले बताउने गरेका छन्। त्यही खाना असन्तुलित भयो भने ९० प्रतिशत रोग निम्तिन सक्ने समेत चिकित्सकहरुले बताउने गरेका छन् ।
असन्तुलित भोजनका कारण पखाला लाग्ने, कब्जियत हुने, शरीरमा चिल्लो मात्रा बढ्ने समस्या निम्तिछन् । सुगर, मुटुको समस्या, उच्च रक्तचाप, मिर्गौलामा समस्या जस्ता जति पनि दीर्घ रोग छन्, ती सबै खानासँग सम्बन्धित हुने गरेको छ । हरियो सागसब्जी, गाजर, फलफूल प्रशस्त खाएर खाँदा जति हानि गर्ने हो, त्यसबाट भने बच्न सकिन्छ ।
के र कसरी खाने ?
चाडपर्वको समयमा मासु खाँदा सागसब्जी, गाजर, फलफूल पनि त्यत्तिकै मात्रामा चाहिन्छ तर हाम्रो समाजमा भान्छामा मासु पाकेका बेला सागसब्जी र सलादको प्रयोग कम गरिएको पाइन्छ। यसले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले मासु किन्ने बेला सँगै ताजा तरकारी र फलफूल पनि प्रशस्त किन्ने बानी बसाल्नुपर्छ ।
मासु खान मिल्छ भनेर सधैँ मासुको प्रयोग गर्नु हुँदैन । पूर्ण स्वस्थ मानिसले मासु खान मिल्छ तर दैनिक मासुको प्रयोग गरेमा स्वस्थ मानिस पनि बिरामी हुन्छ । रोग लागेकाले त खानु नै भएन । मासुले कब्जियत, मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलस्टोरल, टाउको दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ । प्रोटिनको स्रोत मासु मात्रै छैन, दाल र गेडागुडी (भटमास, मास, चना, रहर आदि)मा पनि पाइन्छ । अझ मासुमा भन्दा बढी प्रोटिन भटमासमा पाइन्छ ।
दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकाहरूको अवस्था थप जटिल हुने भएकाले हरेक व्यक्तिलाई यस विषयमा सचेत रहन समेत आग्रह गरेका छन् ।
देशभर २२ जनामा हैजा पुष्टि
काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...
त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...
‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी
काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...
७१ जिल्लामा फैलियो डेङ्गु
काठमाडाैं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...
सरकारले असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...