प्रधानमन्त्रीद्वारा दसैँको शुभकामना : राष्ट्रिय एकता सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरूको महान् चाड विजयादशमीको पावन अवसरमा नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् । शनिवार एक शुभकामना सन्देशमार्फत उनले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र चाडपर्वका हिसाबले नेपाली गौरवशाली रहेको भनी दसैँलाई व्याख्या गरेका हुन् ।
‘नेपाली विशिष्टताको प्रवर्द्धन र विकास गरी ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल गर्न सक्नेछ । यस दृष्टिकोणले विविधतामा एकतामा आधारित हाम्रो समाज र संस्कृति अनुकरणीय छ । सम्पूर्ण विश्वका लागि प्रेरणादायी । त्यसैको आधारमा राष्ट्रिय एकता सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । जीवनको सकारात्मक र मानवीय मूल्यमान्यताको रक्षा गर्दै त्यसभित्र रहेको अन्धविश्वास, भड्काइपूर्ण सोच र जीवन पद्धति हाम्रो मौलिक चाडपर्व हो । अहिले हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौँ । हामीसँग संरक्षण गर्ने ठुलो चुनौती छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
असल सपना पूरा गर्न दृढतापूर्वक अगाडि बढ्नु पर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । जतिसुकै कठिनाइ आए पनि देशलाई अगाडि बढाउन आफूहरूमा सकारात्मक र रचनात्मक सोचको विकास हुनु आवश्यक रहेको उनी बताउँछन् । उनले विकासमा देखापरेका परम्परागत शैली, संरचना र प्रणालीका अवरोध, राष्ट्र निर्माणको पक्षमा राष्ट्रिय एकता भावनाहरू जस्ता चुनौतीहरू रहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...