प्रधानन्यायाधीश श्रेष्ठ झाङ जुनको निमन्त्रणामा चीन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने पहिलो चाइना मध्य तथा दक्षिण एसियाली कानूनी मञ्चमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ असोज १२ गते काठमाडौं प्रस्थान गर्ने भएका हुन् ।
चीनले हालैका महिनाहरूमा नेपालमा विभिन्न मोर्चाहरूमा आफ्नो संलग्नता बढाएको छ । विभिन्न राज्यका निकायसँग सम्पर्कमा रहन उच्चस्तरका नेता तथा पदाधिकारीलाई नेपाल पठाउँदै आएको छ भने नेपाली नेता, उच्च अधिकारी, नागरिक समाजका सदस्यलगायतलाई चीनमा आमन्त्रण पनि गरिरहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...