त्रिकोणात्मक सिरिज : हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाडौं । हङकङ र युनाइटेड अरब इमिरेट्स युएई सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।
टस हारेर जितको लागि सामान्य लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ८ विकेट गुमाइ १३४ रन बनाउँदा खेल सकिएसँगै नेपाल ७९ रनको अन्तरले विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको थियो । जितको लागि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ८९ रन बनाएर खेल सकिएको हो ।
इनिङ्सको बीचमा केही लडखडाएको नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले स्थिति सम्हाले । उनीहरूले अन्त्यतिर आक्रामक भएर रन बटुले र १ सय ४५ रनको उत्कृष्ट साझेदारी गरे । कुशलले ४१ बलमा ९२ रन बनाए । उनको इनिङ्समा तीन चौको र नौ छक्का सामेल थियो । हारुन अरसदले उनको विकेट लिए । यस्तै दीपेन्द्रले ३४ बलमा ५७ रन बनाए । उनले छ चौका र दुई छक्का प्रहार गरे । उनी मोहम्मद गजनाफरको बलमा आउट भए ।
कुशल भुर्तेललाई दुई रनमा गुमाएको नेपालका लागि अर्को ओपनर आसिफ सेखले २० रन बनाए । तेस्रो क्रममा ब्याटिङका लागि आएका सोमपाल कामीले आठ रन मात्र बनाउन सके । कप्तान रोहित पौडेलले पनि ११ रन मात्र बनाउन सके ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...