दसैँमा उपत्यकाका अस्पतालले कसरी दिँदैछन् सेवा ?
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले दसैँको समयमा आकस्मिक सेवा नियमित सञ्चालन हुने भएको छ । ट्रमा सेन्टरमा धेरैजसो बिरामी आकस्मिक सेवाका लागि आउने भएकाले निरन्तर रूपमा आकस्मिक सेवा दिइएको सेन्टरका प्रशासन शाखाले जनाएको छ ।
यता मीनभवनस्थित सिभिल अस्पतालले पनि दसैँ बिदाको समयमा आकस्मिक सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सप्तमीदेखि दशमीसम्म ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ । तर, आकस्मिक सेवा र इन्डोर सेवा खुला रहने भएको छ । दसैँमा बढी मात्रा चिल्ला, पिरो, मसलादार खानेकुरा र माछा मासु, रक्सी खाएर झाडापखाला, बान्ता भई अस्पतालमा बिरामी बढी हुने भएकाले सोही अनुसार अस्पतालमा जनशक्ति व्यवस्थापन गरिएको जनाइएको छ ।
त्यसै गरी पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र र कान्ति बाल अस्पतालमा पनि दसैँ बिदा अवधिमा आकस्मिक सेवा २४ घण्टा खुला रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सप्तमी अर्थात् फूलपातीदेखि पाँच दिनसम्म ओपीडी सेवा बन्द रहने छन् ।
यद्यपि यस अवधिमा भर्ना भएका बिरामीको उपचारमा भने निरन्तर खटिने जनाइएको छ । यो समय सडकमा ट्राफिक जाँच कम हुने हुँदा रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना बढ्छ । त्यस्तै मीठो मसिनो खाने भनेर चिल्लो, पिरो, अमिलो, माछा, मासु र रक्सी बढी मात्रा खाँदा धेरै बिरामी भएर अस्पताल आउने गर्दछन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...