गैरआवासीय नेपाली संघ फुट्यो, आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  गैरआवासीय नेपाली संघ पुनः फुटेको छ ।  ११ औं महाधिवेशनमा मतदान प्रकृयामा धाँधली भएको भन्दै बिबाद हुँदा सबै प्रकृया रोक्ने सहमति बिपरित एउटा पक्षले सपथग्रहण गरेपछि अर्को पक्षले समानान्तर कार्यसमिति चयन गरेको हो ।

 

‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको उल्लेख गरिएको छ ।

 

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको बताइएको छ । पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा केशव पौडेललाई चयन गरेको छ ।  उनी निर्वाचनमा विजयीसमेत भएका थिए ।

 

अन्य उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गंगााधर गौतम, गोबिन्द श्रेष्ठ ञरोविनझ चयन गरिएको छ । त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको जनाइएको छ ।  बुद्धिसागर सुवेदी पराजित समूहको नयाँ महासचिव बनेका छन्  ।  उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् ।

 

महिला सचिव बिमला सापकोटा चयन भएकी छन् । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मालाई राखिएको छ ।

 

निर्वाचन समित पनि नयाँ बनाएर संयोजक दुर्गा आचार्यले कथित पदाधिकारीहरुलाई शपथ दिलाएका थिए । यो टीमलाई निवर्तमान अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाको समर्थन छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.