राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवतीको दर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । महाअष्टमीको शुभअवसर पारेर उनी प्रथम महिला सविता पौडेलसँगै पूजाअर्चनामा सहंभागीहुन पाँचखाल पुगेका थिए ।

 

राष्ट्रप्रमुखबाट बडा दसैंका अवसरमा महाअष्टमीको दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति पौडेलले सो मन्दिरमा पूजाआजा र दर्शन गरेका हुन् ।

 

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करिब १६ सय ५४ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको मानिन्छ । पलाञ्चोक भगवतीलाई भवगतीहरुको जेठी दिदीको रुपमा समेत चिनिने गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.