सुरक्षा सतर्कता अपनाउन आफ्ना नागरिकलाई इजरायलस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं । लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण सुरु भएको भन्दै इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ।
दूतावासको अनुसार इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण प्रहार बढिरहेको छ । दूतावासले उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन अनुरोध गरेको छ । सुरक्षित नहुँदा र विभिन्न तरिकाले समस्यामा परेमा दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
दूतावासले इजरायलमा रहेका नेपालीहरुको सुरक्षाप्रति आफू गम्भीर रहेको बताएको छ । इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न दूतावासले अनुरोध गरेको छ । फर्म भर्न अप्ठ्यारो हुनेलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...