युक्रेनमा रुसको मिसाइल आक्रमण : ६ जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनको मेल डिपोमा गरेको मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रस्थित एक मेल डिपोमा रुसले शनिबार मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा परी कर्मचारीको मृत्यु भएको हो । मारिने र घाइते हुनेको उमेर १९ देखि ४२ वर्षबीचको रहेको खुलेको छ । नोभा पोश्ता टर्मिनलभित्र रहेका सबै कर्मचारीलाई छर्रा र विस्फोटबाट चोट लागेको छ ।
स्थानीय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ। चिकित्सकले उनीहरूलाई बचाउन प्रयास गरिरहेकाे सञ्चारमाध्यमले जनाएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...