इजरायलबाट ल्याइएको चार नेपालीको शव धनगढी लगियो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इजरायलबाट आज नेपाल ल्याइएको चार नेपालीको शव सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको छ ।

 

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज नै काठमाडौं आइपुगेको थियो ।

 

फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आइपुगेको हो ।

 

न्यौपानेको शव गएराति आइपुगेको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

गएको असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए ।

 

उनीहरू गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । आक्रमणमा परी मृत्यु भएका बाँकी छ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ भने कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.