त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले यूएईसँग प्रतिस्प्रर्धा गर्दै
काठमाडौं । हङकङ र युनाइटेड अरब इमिरेट्स युएई सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आजको खेलमा नेपालले यूएईसँग प्रतिस्प्रर्धा गर्दै छ । खेल मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो । जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ । सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ । मूलपानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो । यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ ।
टी–ट्वान्टी विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन् । युएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन मैदान उत्रनेछ ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित
काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ । त्रिपुरेश्वरस्थित...