गाजापट्टीका क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ ।

 

गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो । इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएका छन् । साथै उनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गरेको बताइएका छन् ।

 

इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ । युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । गाजा क्षेत्रको अवस्था जटिल बनेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.