पाल्पामा फेरि जीप दुर्घटना, ८ जना घाइते
काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर छ ।
सोमबार दिउँसो करिब २ बजेतिर गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको १४ जना सवार लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका ७ लामडाँडामा दुर्घटनामा परेको हो ।
घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका९२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका९४ का ३९ वर्षीय दानबहादुर खत्री छन् । अन्यको अवस्था भने सामान्य रहेको छ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । प्रहरीको अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।
यसअघि आइतबार बेलुकी पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे थियाे । एकजना घाइते भएका थिए । यस्तै आज बिहान रम्भा गाउँपालिकामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए ।
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु, २ जना घाइते
काठमाडौं । इलाममा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका...
झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । झापाको हल्दिबारीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति हल्दिबारी गाउँपालिका वडा...
चितवनमा कारको ठक्करबाट सैनिक जवानको मृत्यु
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको...
पोखरा बस दुर्घटनामा आमाछोराको मृत्यु, २८ जना घाइते
काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल...
पोखरामा स्कुल बस दुर्घटना
काठमाडौं । पोखराको छोरेपाटन पारी आज बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा...
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं १ घर भई...