५ लाख भारतीय रकमसहित ४ जना पक्राउ
काठमाडौं । मकवानपुरको रातोमाटेबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जना पक्राउ परेका छन् ।
कार चालक भारत बिहार सितामणि थाना-९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, कारमा सवार सोही स्थान बस्ने वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय, नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर-४ बस्ने वर्ष ३२ को निजाम मिया पक्राउ परेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख ४९ हजार १०० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतिय कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको भारतीय रकम फेला परेको हो ।
पक्राउ परेकालाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...