रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

 

बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा मध्याह्न १२ बजे बस्ने पार्टीले जनाएको छ । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

 

बैठकमा प्रदेशसभातर्फ बझाङ-१ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । यसअघिको निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्न लागेको हो ।

 

रास्वपाले इलाम-२ मा हुने उपचुनावका लागि यसअघि नै ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम गरिसकेको छ । जसका लागि कमाण्डरका रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई त्यसतर्फ पठाएको थियो ।

 

नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम-२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.