लिजेन्ड कप क्रिकेट : लिजेन्ड्स १९९६ लाई पराजित गर्दै टी-२० विश्वकप टोली फाइनलमा प्रवेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । लिजेन्ड्स १९९६ लाई पराजित सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

 

रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनाएर टी-२० विश्वकप टोलीलाई ६८ रनको लक्ष्य दिएकाे थियाे । टी-२० विश्वकप टोलीले निर्धारित ९.४ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायाे ।

 

टी-२० विश्वकप टोलीकाे जितका लागि कप्तान पारस खड्का ६ रन बनाए । विरेन्द्र शाहले ३५ रन बनाए । दीपेन लम्गेड ९,शक्ति गौचन ६ र शरद भेषावकरले ६ रन बनाए । लिजेन्ड्स १९९६ का बसन्त शाही ठकुरीले ३ विकेट लिए । लेखबहादुर क्षेत्री र किरण रानाले एक-एक विकेट लिए ।

 

लिजेन्ड्स १९९६ का लागि राजु खड्काले २७ रन बनाए । कप्तान लेखबहादुर क्षेत्री ४, मनिषराज पाण्डे ११ र जगत टमाटाले ९ रन बनाए । त्यस्तै पुकार पन्त २, निरा रजोपध्याय १ र सन्जय गुरुङले ३ रन बनाए ।

 

टी-२० विश्वकप टोलीका शक्ति गौचन र स्यामसुङ जुङ थापाले २-२ विकेट लिए । बद्री पङ्गेनी, दीपेन लम्गेड र ममता क्षेत्रीले १-१ विकेट लिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.