सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयरले गरिन् सरकारी गाडीको दुरुपयोग
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरेको पाइएको छ ।
नगरपालिकाले कार्यलयको कामकाजमा सहजताका लागि उपलब्ध गराएको प्रदेश २-९०२००१ झ ००३६ नम्बरको स्कोर्पियो गाडी उपमेयर यादवले आफ्नो निजी काममा प्रयोग गरेको पाइएको हो ।
कार्यालयमा बेलाबखत देखा पर्ने उपमेयर यादव स्कोर्पियो गाडी लिएर निजी काममा व्यस्त हुन्छिन् । उपमेयर यादव साथै उक्त गाडी उनका श्रीमान् अजय यादवले समेत प्रयोग गर्दै आएका छन् ।
सोमबार सार्वजनिक बिदाको दिन उक्त गाडी जनकपुरमा भेटियो । सञ्चारकर्मीको समूहले पछ्याउँदै जाँदा उपमेयरका श्रीमान गाडी लिएर आएका थिए । जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए । उनी जनकपुर जाँदा बाटोमा कयौँ प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् ।
यो त उदाहरण मात्रै हो, उपमेयर र उनका श्रीमानले सरकारी गाडीको चुनाव जितेदेखि नै चरम दुरुपयोग गर्दै आएका थिए । स्थानीयले निरन्तर रूपमा विरोध गर्दा समेत कसैको ध्यान पुग्न नसकेको अवस्था छ । सरकारी गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको व्यवस्था भएता पनि सम्बन्धित नियामक निकाय र सरोकारवाला यस विषयमा मौन बसिरहेका छन् ।
त्यसैले सम्बन्धित पक्षले आवश्यक छानबिन गरि कानुनी दायरामा ल्याउन पहल गर्न जरुरी देखिन्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...