लुम्बिनी प्रदेशका पूर्वप्रमुख यादवको निधन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ । उनकाे ८० वर्षको उमेरमा मंगलबार निवासमै निधन भएको हो ।

 

पछिल्लो समयमा उनी पक्षघातका बिरामी थिए । पेशाले शिक्षक यादव उनी २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४६ सालपछि शिक्षक पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४८ र २०५१ मा तत्कालीन सिरहा-३ बाट प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनेका थिए ।

 

उनलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । २०७८ साउन १२ गते शेरबहादुर देउवानेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.