विजेपीले सार्वजनिक गर्‍यो ७७ उम्मेदवारको नाम

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतीय जनता पार्टी (विजेपी) ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ ।

 

बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ । यसअघि उनले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्नेछन्। कर्नाटकमा पार्टीले धारवाडबाट केन्द्रीयमन्त्री प्रह्लाद जोशीलाई उठाएको छ । कर्नाटकका पूर्वमुख्यमन्त्री बसवराज बोम्मईलाई हावेरी लोकसभा सिटबाट टिकट दिइएको छ ।

 

महाराष्ट्रमा बिजेपीका केन्द्रीयमन्त्री नितिन गडकरीलाई नागपुर सिटबाट निर्वाचनमा उतार्ने निर्णय गरिएको छ । पीयुष गोयल मुम्बई नर्थबाट निर्वाचन लड्नेछन्। बिजेपीले उत्तराखण्डको दुई सिटमा पनि उम्मेदवारी घोषणा गरेको छ । पार्टीले उत्तराखण्डका पूर्वमुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई हरिद्वार सिटबाट मैदानमा उतारेको छ । भाजपाका राष्ट्रिय मुख्य प्रवक्ता अनिल बलुनी गढवाल सिटबाट निर्वाचन लड्न तयार भएका छन् । यस अघि भाजपाले १९९ जनाको नाम सार्वजनिक गरेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.