भृकुटीमण्डपमा ‘२५ औं फ्लोरा एक्स्पो’ शुरु हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ शुरु हुदैछ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा आजदेखि ४ गतेसम्म एक्स्पो हुन लागेको हो ।

 

एक्स्पोको बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नारासहित गर्न लागेको एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन् ।

 

विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधामा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावरको प्रतिस्पर्धा पनि गराइनेछ । एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने तथा करिब एक करोडसम्मको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ । नेपालमा पछिल्लो समय पुष्प ब्यवसाय फस्टाउँदै गएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.