जलवायु परिवर्तनले महिला र बालबालिका बढी मारमा परेका छन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन् ।
आज काठमाडौंमा जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र विषय कार्यक्रममा प्रधानमन्त्री दाहालले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणाम ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका छन् ।’
प्रधानमन्त्रीले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...