पाँच दलीय कार्यदलको बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारको आगामी साझा नीति तथा कार्यक्रमको प्राथमिकता छनोटका लागि गठित पाँच दलीय कार्यदलको बैठक बस्ने भएको छ ।

 

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दिउँसो ४ बजे बस्ने भएको हो । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेसँगै गठबन्धनका पाँच दलबाट दुई-दुई जना सदस्य रहने गरी फागुन २७ गते कार्यदल गठन भएको थियो ।

 

बैठकमा विभिन्न दलबाट आएका सुझावलाई समेटेर ड्राफ्ट तयार गर्ने कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । ‘गठबन्धन दलबाट आएका सुझाव समेटेर आज ड्राफ्ट तयार हुन्छ । प्रतिवेदन आजै बुझाउने वा नबुझाउनेबारे अहिले निष्कर्षमा पुगेकाे छैन ।’

 

कार्यदलको संयोजक एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् । सदस्यमा एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादीबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

 

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल, जसपाबाट नेता सुमनसहित वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.