कोशी प्रदेश ट्रफी राष्ट्रिय क्रिकेट : त्रिभुवन आर्मी क्लब फाइनलमामा प्रवेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेकाे छ ।

 

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बैजनाथपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएर आर्मीलाई १६४ रनकाे लक्ष्य दिएकाे थियाे । आर्मीले १९.१ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

 

आर्मीकाे जितका लागि बसिर अहमदले २८ बलमा ५ चौका र २ छक्कासहित ५० रन बनाए ।  सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए ।

 

सुदूरपश्चिमका दीपक बोहराले दुई विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान एक-एक विकेट लिए ।

 

सुदूरपश्चिमका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाए । त्यस्तै, नरेन भट्टले १५, खडक बोहराले ११ र दीपक बोहराले १४ रन बनाए । किरण ठगुन्नाले ३२ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाए ।

 

स्पिनर बसिर अहमदले ४ विकेट लिए । नितेश पटेलले ३ विकेट लिए । सुमित श्रेष्ठले  एक विकेट  लिए ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.