बुढासुब्बा गोल्डकप : उपाधिका लागि मोरङ र एनआरटीबीच प्रतिस्पर्धा
काठमाडौं । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको फाइनल खेलमा आज मोरङ फुटबल एसोसिएसन र न्युरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुने भएकाे छ ।
एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो । यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा पुगेको हो।
सेमिफाइनल खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई पराजित गर्दै एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई पराजित गर्दै पहिलोपटक फाइनलमा प्रवेश गरेकाे मोरङ उपाधि जित्ने हाेडमा छ ।
धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रंशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद १० लाख रूपैँया र उपविजेताले नगद ५ लाख रूपैँया पुरस्कार पाउने छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...