भारतीय नागरिकलाई म्यान्मा छाड्न भारतीय विदेश मन्त्रालयको निर्देशन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिबीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ ।

 

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले रखाइन राज्यको अवस्था नाजुक बन्दै गइरहेको भन्दै त्यहाँका भारतीय नागरिकलाई यथाशीघ्र उक्त ठाउँ छाड्न र क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएका छन् । रखाइन राज्यमा निरन्तर द्वन्द्व भइरहेकाले सुरक्षा स्थिति प्रतिकूल रहेको उनले जनाए ।

 

गत फेब्रुअरीमा भारत सरकारले बिग्रँदो सुरक्षा स्थितिकाबीच रखाइन राज्यमा यात्रा नगर्न सल्लाह दिँदै सम्पूर्ण भारतीय नागरिकमा निर्देशन जारी गरेको थियो । बिग्रँदो सुरक्षा स्थिति, दूरसञ्चार साधनको अवरोध र अत्यावश्यक वस्तुको चरम अभावका बारेमा प्रकाश पार्दै मन्त्रालयले रखाइन राज्यमा बसोबास गरिरहेका भारतीय नागरिकलाई तत्काल उक्त स्थान खाली गर्न निर्देशन दिएको हो ।

 

हाल म्यान्मामा हिंसाका घटना बढिरहेका छन् । गत अक्टोबरमा तीन जातीय अल्पसंख्यक शक्तिले आक्रमण गरेर केही सहर र सैनिक चौकी कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.