राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ ।

 

बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम समितिको सभापति रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भइ आएका नयाँ सदस्यको स्वागत गर्नेलगायतका कार्यक्रम रहेको छ ।

 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कमला पन्तको उम्मेदवारी परेको छ ।

 

शेर्पालाई माओवादीका गोपीबहादुर सार्की अछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङको समर्थन छ भने पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टको समर्थन छ । एक-एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै समितिका सभापति निर्विरोध चयन भएको घोषणा हुनेछ । यी दुई सभापतिमा सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेका हुन् ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.