पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै
काठमाडौं । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष समारोहका बिच आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भएका हुन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नेछन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।
समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सचिवहरू, रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला र मोदी गाउँपालिका तथा शुक्लागण्डकी र कुश्मा नगरपालिकााका मेयर र अध्यक्ष, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासङ्घ गण्डकी र कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड, महानगरका सबै वडाअध्यक्ष, पर्यटकीय सङ्घ संस्थाका प्रमुख, कास्कीस्थित सबै सङ्घसंस्था सदस्य छन् ।
घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको छ । पर्यटन सचिव कुमानसिंह गुरुङले सबैलाई निमन्त्रणा गरिएको जानकारी दिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...