रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने


काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै झिंगटामा झुण्डीएर खुर्पाको साहराले तासिराख्छ उही बाँसको चिर्केटो ।
घरको सन्तानको नाममा त्यही एउटै छोरो । त्यो पनि यी यस्ता क्रियाकलापले निकै चिन्तित बन्थें गायक थानेश्वर गौतमका बुबा आमा । सानो छँदा थानेश्वरका क्रियाकलापले बुबा आमालाई निकै पिरोल्थ्याें । थानेश्वर भने आफ्नै संसारमा रमाइरहन्थें । उनमा चिन्ता थियो त केबल, म गाउन पाउँछु कि पाउदैन् होला ? उनलाई रेडियोमा गीत गाउने अवसर कहिले पाउँछु होला भन्ने चिन्ताले सताइरहन्थ्यों ।
कैयौं पटक आफैले बोकेर हिडेँको रेडियो फुकालेर भित्रै पो छन् कि गित गाउने मान्छे भनेर पनि हेर्ने गर्थे, थानेश्वर । आफ्नो बालापन अनि रेडियो र गायन प्रतिको सामिप्यता यसरी सम्झन्छन् थानेश्वर । उनै थानेश्वर आज एक चर्चित गायकको रुपमा परिचित छन् । लाखौ दर्शक श्रोताको मन मुटुमा बस्न सफल पनि भईरहेका छन् । एकपछि अर्को बजारमा आएका उनका सिर्जनाहरु दर्शकमाझ रुचाइएका छन् । देशमा मात्रै नभएर विदेशी भमीमा पुगेर पनि विदेशी गायक–गायिका सँग पनि गीत गाएका छन् ।
थानेश्वरको गीत संगीतमा मात्रै होइन्, अध्ययनमा पनि उत्तिकै रुची छ । सुगम संगित, लोक संगीत र शास्त्रीय संगीतमा उत्तीकै पोख्त उनी संगित शिक्षामै पीएचडी गरिरहेका छन् ।

गायक थानेश्वर गौतम
गाउँमै एलएलसी तहको अध्ययन गरेर राजधानी छिरेका उनले कैयौं चुनौतीहरुको सामना गर्नुपर्यो । माध्यमिक शिक्षा (एलएलसी) को अध्ययनपछि विरानो शहर काठमाडौं छिर्नु उनको लागि सजिलो थिएन् । कहिल्यै काठमाडौं नछिरेका उनी, ठूला घर, ठूलो शहरमा कठिनाईका पहाडहरु पार गर्न त्यति सजिलो कहाँ थियो र उनलाई ? अझ त्यसमाथी पनि आफ्नो सपनाको संसार पनि उत्तीकै जीवित थियो ।
काठमाडौंका गल्लीमा भोको पेट, दिमागमा कलेजका पढाई अनि मनमा सजिएको त्यो मिठो सांगितिक यात्राका कल्पना । उनको नशा नशामा थियो त केवल सांगितिक दुनिया । उहीँ पागलपना । सायद त्यसैका प्रतिफल भनौं, आज उनको सफलताले शिखर चुमेको छ ।
थानेश्वरलाई प्रश्न : यो सफलताले कतैँ तपाइँलाई तपाइँका शुभचिन्तकबाट टाढा बनाएको हो कि ?
होइन नि, म एउटा साधारण मान्छे हुँ । म अति सहज पनि । तर, म बिना काम खासै बाहिर निस्कदैँन् । त्यसैले, पनि सहजै नभेटिएकाले त्यस्तो विश्लेषण गर्नुभएको होला । तर, त्यस्तो हैन् ।
तीन वटै विधाका संगितमा उत्ती कै पोख्त थानेश्वर आफूमा भएको यहीँ संगीत कलाका कारण पनि आफुलाई अरु श्रष्टा भन्दा फरक ठान्दछन् ।

गायक थानेश्वर गौतम
तपाइँलाई थानेश्वर गौतम भनेर चिनाएको गीत चाँही कुन जस्तो लाग्छ ?
हेर्नुस्, मैले गाएका मेरा प्रायः मेरै सिर्जना छन् । सबैले राम्रै प्रतिक्रिया पाएका छन् । म २०१७ साल देखि नै सांगितिक यात्रामा विदेशी भूमीमा टेक्न थालेको हुँ । त्यसैले यहीँ भन्ने त छैन । सबै राम्रा छन् तर ‘छुट्नलाई पो रैछ क्यारे’ भन्ने गीतले चाँही अत्याधिक चर्चा दिलाएको छ ।
थानेश्वरका ‘तिम्रा यादहरु…. , बेचेर सपना…’, लगायतका गीतहरु अत्याधिक रुपमा दर्शक श्रोता माँझ रुचाइएका छन् ।।
०००
– (गायक थानेश्वर गौतमसँग सेभेन स्टारकर्मी स्वस्तिका पन्थीले गरेको कुराकानीमा आधारित)
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...