सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।
प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । उक्त समय भित्र नयाँ सरकारको दाबी गर्ने तयारी भइरहेको हो । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । कांग्रेसबाट प्रकाश देउवा र बहादुरसिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान संसदीय दलको बैठक समेत बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने तयारी भएको छ ।
सुदूरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।
यस बाहेक सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...